नेपालमा पाइने विषालु च्याउहरू र त्यसबाट बच्ने उपाइहरु

-दिवाकर दहाल

वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ । च्याउ अति नै पौष्टिक तŒव पाइने स्वादिष्ट तरकारी होे । तर, जंगलमा उम्रने सबै च्याउ खानयोग्य हुँदैनन् । कतिपय प्रजातिका च्याउ खाँदा ज्यानै जान सक्छ ।
विषालु च्याउको सेवनबाट विश्वभरि नै मानिसको मृत्यु हुने गर्छ । नेपालमा पनि पहाडी तथा दुर्गम क्षेत्रमा विषालु च्याउको सेवन गरेर धेरैले ज्यान गुमाएका छन् । नेपालमा १ हजारभन्दा बढी प्रजातिका च्याउ पाइन्छन्, जसमध्ये १ सय १० प्रजातिका च्याउ मात्र खानयोग्य मानिन्छन् । धेरैजसो च्याउ हेर्दा एकै प्रकारका हुने भएकाले छुट्याउन गाह्रो हुन्छ ।
सामान्यतया खानयोग्य च्याउको माथि रहेको छाता छुँदा चिप्लो हुने गर्छ । यदि खस्रो भएमा उक्त च्याउ विषालु हुन्छ ।
वनपाखा, खोला, घाँसे मैदानमा उम्रेका च्याउ खानुअघि विचार पुर्‍याउनुपर्छ । तितो स्वाद, नमीठो गन्ध, धेरै झुस, थरीथरीको रङ भएका च्याउ विषालु हुन् सक्छन् । छुँदा रङ परिवर्तन हुने वा भाँच्दा चोप निस्कने खालका च्याउ पनि विषालु हुन्छन् ।
विषालु च्याउ धेरै समयसम्म रहन्छ । जबकि, खानयोग्य च्याउ केही दिनपछि कुहिएर जाने गर्छ । विषालु च्याउमा खासै किरा नलाग्ने भएकाले लामो समय रहन्छ । यो हेर्दा सफा र आकर्षक देखिन्छ ।
कहिलेकाहीँ खानयोग्य च्याउ पनि भण्डारण गर्ने तरिका नमिल्दा विषाक्त हुन सक्छ ।

विषालु च्याउ खाँदा देखिने लक्षण
च्याउको प्रकृति, उम्रेको स्थान, भण्डारण गर्ने तरिका आदि विभिन्न आधारमा शरीरमा विभिन्न असर देखिन्छन् । कतिपय च्याउ सेवन गर्दा व्यक्रिको तुरुन्तै मृत्यु हुने गर्छ भने कतिपयमा बिस्तारै स्वास्थ्य समस्या देखिन्छ ।
विषालु च्याउ खाँदा सुरुमा बान्ता, पखाला, टाउको दुख्ने, रिंगटा लाग्नेजस्ता लक्षण देखापर्छ । यसपछि बिरामीलाई केही सन्चो नभएको जस्तो महसुस हुन्छ । विषालु च्याउ खाइसकेपछि यसको विष शरीरको कलेजोसम्म पुग्छ । पित्तसँग मिलेर नयाँ तत्वको निर्माण गर्छ, जसले बिस्तारै मिर्गाैलाको काम गर्ने क्षमतामा ह्रास ल्याउँछ । अन्त्यमा कलेजो र मिर्गौला फेल भई मृत्यु हुने सम्भावना अधिक रहन्छ ।
यसको असर हरेक उमेर समूहमा फरक हुन सक्छ । जस्तै, बालक तथा वृद्धवृद्धा छिटो प्रभावित हुने गर्छन् ।

जोखिम कमगर्न सकिने उपायहरु
१ सडेका, किराले खाएर वॉकि रहेका, धेरै कलिलो अनि फक्रिसकेकाच्याउहरु खानुहुदैंन्।
२ कतिपय प्रजातीहरु (ल्याक्टारियस भोलिमस– दुधे च्याउ) क‘ाचै खानमिल्ने भनेतापनि त्यसरी खानु हुदैन्।
३ परिपक्व मानिस अथवा सम्भव भएसम्म च्याउ विज्ञसंग परामर्श लिएर मात्रखाने गनुपर्दछ ।
४ च्याउ र दुध, अनि च्याउ र अल्कोहल खॉदा खाना विषाक्तहुनसक्ने भएको कारणले यस्तो संयोजन
सकेसम्म गर्नु हुदैन्।
५ दुइ वा सो भन्दा वढि प्रजातीका च्याउहरु एकै पटक खानु हुदैन्।
६ खानहुने च्याउनै पनि यदि कसैले पहिलो पटक खानलागेको हो भने धेरै मात्रामा खानहुदैन्।
७ खानहुने च्याउको आसपासमाअन्यकुनै विषालु च्याउहरु उम्रेका हुनसक्दछन्जसले गर्दा
विभिन्नमाध्यमद्वारा विषाक्त कणहरु खानहुने च्याउसम्मपुग्न सक्दछन्। यसकारण कुनै पनि जंगलीच्याउ
खानु पूर्व लगभग दश मिनेट नुनपानीमा वफाउनु पर्दछ ।
८ प्लाष्टिकको मmोला, टिनको वाकस जस्ता गु्म्सने भॉडामा कहिल्यै पनि च्याउ संकलनगर्नु हुदैन ।
यसले गर्दा च्याउगुम्सेर विग्रन सक्दछ, त्यस्तोच्याउखानु स्वास्थ्यको लागित्यति राम्रोहुदैन्।
९ च्याउ पकाउदा दुई – चार थोपा अमिलो राख्नु पर्दछ ।
१० विषालु च्याउखाएको शंका लागेमा प्रशस्तमात्रामा मनतातो नुनपानि पिउनु पर्दछ । अमिलो, सतुवा,
ऑखे टिमुर र लसुनमिसाएर पिधेर खानु पर्दछ, र जतिसक्दो छिटो स्वास्थ्य केन्द« जानुपर्दछ ।

कसरी बच्ने ?
हाम्रो समाजमा विषालु च्याउको सेवनबाट हुन सक्ने हानिको बारेमा खासै चर्चा गरिँदैन । यसका लागि समाजमा जनचेतना जगाउनु जरुरी हुन्छ ।
विशेषगरी बालबालिकालाई यसबारे जानकारी गराउनुपर्छ । आफूले राम्ररी चिनेको च्याउ मात्र प्रयोगमा ल्याउनुपर्छ ।
सकेसम्म विभिन्न प्रजातिका च्याउ मिसाएर पकाउनुहुँदैन । त्यस्तै, संकलन तथा भण्डारण गर्दा सजग रहन आवश्यक हुन्छ ।
च्याउको विष लागिहालेमा बान्ता गराउने र पखाला लगाउने कुनै विधि अपनाउन सकिन्छ । सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । जसले गर्दा बिरामीलाई विषले गर्न सक्ने हानिबाट बचाउन सकिन्छ । तर, च्याउको विषको उपचार निकै कठिन हुने र धैरैजसोको मृत्यु हुने भएकाले यसको प्रयोगमै सजगता अपनाउन जरुरी छ ।

बिषालु च्याउको पहिचान कसरि गर्ने ?
– च्याउको झोलमा चाँदीको सिक्का (silver coin ) अथवा चमचा डुबाएमा त्यसको रंग कालो हुनु ।
– च्याउको कुनै क्षतिग्रस्त भागवाट दूधजस्तो तरलवस्तु निस्कनु ( Secretion of Milky substances )
– च्याउमा प्याज हालेर पकाउँदा प्याजको रंग असामान्य रुपले परिवर्तन हुनु ।
– कहिले कांँही खानेयोग्य च्याउ पनि धेरै पाकेको÷कुहिएको खण्डमा अथवा अन्य संक्रमणले गर्दा विषालु हुन सक्छ ।
– यस्तै रक्सीसित खाँदा पनि कुनै–कुनै च्याउ विषालु हुन्छ
– गाढा रंग, तितो स्वाद, नमिठो गन्ध आउने किसिमका च्याउ पनि प्रायः विषालु हन्छन् ।
– च्याउ भाँच्दा चोप निस्कियो भने र छुँदा त्सको रङमा परिवर्तन आएमा त्यो विषालु हो।
– च्याउको माथि रहने छाता छाम्दा चिल्लो सतही भयो भने त्यो खानयोग्य हो तर खस्रो एबं तलमाथि उठेको देखिएमा बिषालु हो भनि अनुमान गर्न सकिन्छ।
– नमिठो गन्ध, तीतो स्वाद, धेरै झुस भएका र माटो तथा गोबर काठ दाउरमा उम्रेका च्याउ खाँदा बिचार पुर्याउनु पर्दछ।
– बिषालु च्याउको वरिपरि किराहरु नलाग्ने हुन्छ, त्यसैले यी च्याउहरु देख्दा राम्रा तथा चिटिक्क परेका आकर्षक देखिन्छन्।
– च्याउलाई कुखुराको अण्डा एबं दुधमा राख्दा केहि समय पश्चात दुध फाटेमा एबं अण्डा जमेमा पनि उक्त च्याउ विषालु हुनसक्छ।
यी च्याउ जाँच्ने सामान्य बिधी मात्र हुन्। यसैका मात्र आधारमा विषालु हो वा होइन भनि छुट्याउन गारो हुन्छ यसका लागि अनुभव र बिज्ञता नै आबश्यक छ। तर गाँउघर जहाँ च्याउ संकलन गरिदै आएको छ त्यहाँ अलिकति भएपनि सहजता होस् भनेर यहाँ प्रस्तुत गरिएको हो।

नेपालमा पाइने केही विषालु च्याउहरू
Amanita alauda (Dhwase chyau)
Amanita avellaneosquamosa (Pahelo rato katlae salle chyau)
Amanita castanopsis (Seto katlae chyau)
Amanita ceciliae (Khairo Dhwase katlae chyau)
Amanita echinocephala (Dalle seto katlae chyau)
Amanita friabilis (Musa Khairo seto katlae chyau)
Amanita fritillaria (Kalo katlae chyau)
Amanita gemmata (Pahelo seto katlae chyau)
Amanita sinensis (Khiro kalo katlae chyau)
Amanita spisacea (khairo rato katlae chyau)
Amanita sculpta (Thulo kalo katlae chyau)
Amanita vittadini (Seto katlae linge chyau)
Amanita excelsa
Amanita longistriata (Khairo dharso bhut chyau)
Amanita pantherina (Mem Syamo chituwa butte chyau)
Amanita virosa (Seto katlae bhut chyau)
Amanita phalloides (mitru xatrika Bhut chyau)
Amanita porphyria (mirtu xatrika)
Amanita pseudoporphyria (Mirtu xatrika)
Amanitia verna (Seto vut chyau)
Amanita cokeri (Seto katlae aauthi chyau)
Amanita citrina (Kagate chyau)
Amanita concentrica
Amanita constricta (Kharane katlae chyau)
Amanita magniverrucata (Seto katlae beriyeko chyau)
Amanita ovoidea
Amanita pilosella (Kalo katlae chyau)
Amanita rubrovolvata (Rato katlae chyau)
Amanita volvata
Amanita vaginata var punctata (Tahar syamo)
Amanita fulva (Tahar syamo)
Amanita vaginata (Tahar syamo)
Boletus luridus (Chungping Syamo)
Clavulinopsis fusiformis (Puju ur syamo)
Coprinus atramentarius
Coprinus disseminates (Kalo chyau)
Daldinia concentrica (Kale dalle chyau)
Echinoderma hystrix (Katlae chyau)
Gymnopilus junonius
Gyromitra infula (Khairo rikape chyau)
Gyromitra esculenta
Halvella crispa (Seto rikape chyau)
Hygrocybe pisttacina (Hariyo chiplae chyau)
Hygrocybe conica (Kalo chiplo chyau)
Lactarius piperatus (Priko dudhe chyau)
Lepiota aspara
Lepiota hystrix
Macrolepiota nemastoides
Omphalotus olearius (Pahelo kathe chyau)
Pholiota terrestris (Rato katlae chyau)
Panacloes semiovatus (Gobbre chyau)
Ramaria flava (Puju Syamo)
Ramaria formosa (Puju Syamo)
Ramaria aurea (Pahelo boke chyau)
Russula fragilis
Russula adusta (Khairo Haki chyau)
Russula emetica (Rato chyau)
Russula nigricans (Handi chyau)
Russula senecis
Russula subnigricans (seto handi chyau)
Sehizophyllum commune (Mij chyau)
Tylopilus nigerrimus (Kalo xidre chyau). (SOURCE: INTERNET)

नगरकै पहिलो आधुनिक कृषि फर्म बन्दै दहाल कृषि तथा पशुपंक्षी फर्म

बागमती प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र रामेछाप मार्फत अनुदान सहयोगमा उच्च प्रविधियुक्त संरक्षित संरचनामा तरकारी खेती कार्यक्रम सञ्चालनमा ल्याइएको छ । यस कार्यक्रम अनुसार उच्च मूल्य जाने तरकारीहरू जस्तै अकबरे खुर्सानी, भेडे खुर्सानी, माछो खुर्सानी, गोलभेंडा, जुकेनी फर्सी जस्ता तरकारी उत्पादन योजना अगी बढाइएको छ ।

ज्ञान केन्द्रको ५०% तथा कृषकको ५०% आर्थिक साझेदारी सुरु गरिएको यस कार्यक्रमले कम्तीमा २ जन सामान्य जनशक्ति र एक जना प्राविधिक जनशक्ति लाई रोजगार दिने योजनामा रहेको सञ्चालकले जानकारी गराउनु भएको छ यसका साथै नगरपालिकाको प्रमुख बजार मानिने चरिकोट लगाएत मैनापोखरी, जिरी, सिंगटी समेतका उपभोक्ताले स्वस्थ तथा ताजा तरकारी को उपभोग गर्न पाउने समेत जानकारी गराउनु भयो । यस कार्यक्रमको सुरुवात सँगै भिमेश्वर नगरपालिकामा कृषिमा आधुनिक क्रान्ति सुरु भएको मान्न सकिन्छ।

हाम्रा विशेषताहरु:

  • यस क्षेत्रको पहिलो आधुनिक तथा प्रविधि युक्त एक मात्र कृषि फर्म ।
  • आफ्नै फर्ममा उत्पादित गड्यौँली मलको प्रयोग गरी न्यूनतम रसायनको प्रयोगमा वस्तुहरूको उत्पादन ।
  • इच्छुक कृषक समूह तथा किसानको माग अनुसार नविनतम् कृषि ब्रविधी को प्रसार तथा तालिम प्रदान

“नविनतम् प्रविधि र आधुनिक ज्ञान, स्वस्थ तथा ताजा उत्पादन हाम्रो पहिचान”

कृषि मुलश्च: जीवनम्

केही तस्बिर हरु…..

क्र.सबस्तुकिसिममूल्य/कि.ग्रा
गड्यौंलि मलप्राङ्गारिक मल४०
गड्यौँला (Eisinia fotida)वर्म्स ३५००
गोलभेंडा तरकारी८०
काँक्रो तरकारी४०
भेँडे खुर्सानीतरकारी८०
रुद्राक्षधार्मिक महत्त्व
बुद्धचित्तधार्मिक महत्त्व
मेटरतरकारीछिट्टै उत्पादन
फर्ममा उत्पादित वस्तुको विवरण र तिनको मूल्य सूची

भिमेश्वर-४
जिलु
चरिकोट
दोलखा, बागमती ४५५००
नेपाल

Rate us

Rating: 4.5 out of 5.
Design a site like this with WordPress.com
Get started